संक्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८ सय ३५ जना कोरोनामुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८ सय ९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकाे र उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरूमध्ये ५९ हजार ६ सय ६ जनाको अवस्था गम्भीर रहेको डब्लूएचओले जनाएको छ ।
चीनको हुवेई प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको याे महामारीका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५ सय ५० जना कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार २ सय ८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७ सय ४३ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख १७ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ४५ लाख ७० हजार १ सय ८९ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख ९६ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९८ हजार ८ सय २ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९ सय ६३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख २४ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २ सय २ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ४५ जनाको मृत्यु भएको छ ।