अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

 न्यूज विराट
अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो । 

गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपरिषद् गराउन अध्यक्ष विजय चौरसियाले मोबाइल बाँडेको आरोप उनले लगाएकी छन् । चौरसीयाले गाउँपालिकाको बजेट हिनामिना गरेको आरोप लगाउँदै उपाध्यक्षको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

जुलुससहित गाउँपालिका कार्यालयमा पुगेका उनीहरूले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । गाउँपालिकाको आयव्यय विवरणसमेत सार्वजनिक नगरी गाउँपालिका अध्यक्ष चौरसियाले गाउँपरिषद् गरेकाले ३१ असारमा भएको गाउँपरिषद् आफूले बहिष्कार उपाध्यक्ष कुश्मी देवीले बताइन् ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाउँपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसियाले सार्वजनिक नगरी हिनामिना गरेको उपाध्यक्ष कुश्मी र स्थानीयको आरोप छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको ९० लाखमध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसियाले हिनामिना गरेको उनीहरूको आरोप छ ।

कार्यपालिका बोर्ड बैठकमा जाँदा उपाध्यक्ष कुश्माको कुर्सीसमेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको बताइएको छ ।  ‘गाउँपालिकाको आम्दानी सार्वजनिक गर्न पटकपटक आग्रह गरेँ, तर उनले मेरो कुरा सुन्दै सुनेनन्’, कुश्मी देवीले भनिन् ‘बोर्ड बैठकमा जाँदा मेरो कुर्सी नै फ्याँकी दिए, बोर्ड सदस्यलाई मोबाइल बाडेर गाउँपरिषद् गराए ।’

गाउँपालिकाको आयव्यव विवरण जनताको बीचमा सार्वजनिक नगरिएसम्म तालाबन्दी जारी नै रहने उनले बताइन् । गाउँपालिका अध्यक्ष चौरसियाले पैसाको बलमा गाउँपालिका चलाएको पकाहामैनपुर गाउँपालिका–१ धोरेका युवा शीवजी सोनीले बताए ।

उनले भने, ’गाउँपालिकामा अध्यक्ष चौरसियाको ब्रम्हलुट छ , जति पनि सडक, नालाको काम भएको छ, त्यो सबैको ठेक्का उनका भाइ, भतिजा र भान्जाले लिने गरेका छन्’, जनताले सूचना माग्दा धम्क्याएर पठाइन्छ ।’

सूचनाको हक प्रयोग गरेर बजेट खर्चको हिसाब माग्दा पनि नपाएपछि बाध्य भएर गाउँपालिकामा तालाबन्दी गरिएको सोनीले बताए ।

पकाहा मैनपुर–४ का रामबाबु चौरसियाले भने, ‘जिल्लामै सबैभन्दा बढी भ्रष्टचार हाम्रै गाउँपालिकामा भएको छ, यहाँका जनप्रतिनिधि जनताको लागि होइन, आफ्नो सम्पत्ति जोड्नमा लागेका छन्, यिनीहरू गाउँमा सिंह बनेका छन् ।’

यता, अध्यक्ष चौरसियाले भने आफ्नो चरित्र हत्या गर्न गाउँपालिका उपाध्यक्षले जनतालाई उचालेको बताए ।  २९ सदस्यीय कार्यपालिकामा उपाध्यक्ष १ जनाबाहेक अरु २८ जना सबैको सहभागितामा गाउँपरिषद सम्पन्न भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १७ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले सरकारले जारी गरेको नेपालको राजनैतिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना यात्रु गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बसमा चालक र सहचालकसहित मध्यप्रदेशको पन्ना जिल्लाका २८ तिर्थयात्री सवार थिए । उनीहरू...

लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ। नवलपरासी (बर्दघाट–सुस्ता...

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ

नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा कहलिएका चिकित्सकको रूपमा चिरपरिचत रहेका छन्, डा. निकेशराज श्रेष्ठ । उनी विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् ।...

विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्