राखेप सदस्य–सचिव पदका लागि २७ जनाको निवेदन

 न्यूज विराट
राखेप सदस्य–सचिव पदका लागि २७ जनाको निवेदन

काठमाडौं, १ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्त भएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले १ साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा आज दरखास्त दिने समय सकिएको हो ।

सदस्य–सचिवमा आवेदन दिनेमा निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवालसहित ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मीना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट र बाग्लुङका लिलबहादुर थापा मगर छन् ।

त्यसैगरी, काठमाडौंका रवि राजकर्णिकार, काठमाडौंकै अचुतम लामिछाने, ललितपुरकी निलमसिंह बज्राचार्य, झापाका मेघराज पौडेल, काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राइ, काठमाडौँका सानुराजा केसी र किशोर शाही छन् ।

ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौंका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौंका राम पुडासैनी, ललितपुरका सुनिल नकर्मी, काठमाडौंका रणबहादुर चन्द, मकवानपुरका दीपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य–सचिव पदका लागि निवेदन दिएको राखेपले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज

काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् ।नवनिर्वाचित अध्यक्ष...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

विराटनगरमा संचालनमा आयो सृजा मेकअप एण्ड नेल स्टुडियो

विराटनगर । विराटनगर – २ मुनालपथस्थित सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको छ । करिब २२ लाख रुपैयाँ लागतमा बुधबार एक कार्यक्रमको बीच सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको हो । उक्त स्टुडियोको...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...

जेभियर्स स्कुलमा विद्यार्थीको नँया नेतृत्व चयन

विराटनगर । बुढीगङ्गा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलमा शैक्षिक सत्र २०८१ का लागि विद्यार्थीको नँया नेतृत्व चयन भएको छ । कक्षा १० मा अध्ययनरत छात्रा अन्जली दास यस वर्ष विद्यालयको क्याप्टेन निर्वाचित भएकी छिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्