काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड) आज पनि वार्तामा जुटेका छन् ।
बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् । ओली-प्रचण्डबीचको वार्ता सकारात्मक रूपले अघि बढेपछि बिहीबारको बैठकमा वरिष्ठ नेता नेपाल पनि सहभागी भएका हुन् ।
बालुवाटारमा दिउँसो १२ बजेदेखि सुरु भएको वार्तामा आज ठोस सहमति आउन सक्ने विश्वास गरिएको छ । शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आव्हान गरिएकाले आजको बैठकले केही न केही ठोस सहमति गर्ने अनुमान गरिएको छ ।