काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन् ।
२४ असारमा ३० वर्षे प्रहरी सेवा अवधिका कारण एआईजी तारणीप्रसाद लम्साल र अर्का एआईजी शैलेस थापा क्षेत्री आईजीपी नियुक्त भएपछि २ एआईजीको पद रिक्त भएको थियो ।
२४ असारमा आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अवकास पाएपछि थापा आईजीपीमा नियुक्त भएका हुन् । प्रहरीको साधरणतर्फ ३ जना एआईजीको दरबन्दी छ । एक जना एआईजी हरिबहादु पाल छन् ।
बुधबार एआईजी सिफारिसका लागि अर्को डीआईजी विश्वराज पोखरेल पनि बढुवाको लविङमा थिए । तर, गृहमन्त्रालयको सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शाही र कार्कीलाई सिफार गरेको हो ।