लायन्सद्धारा २ हजार ६ सय भिटिएम हस्तान्तरण

 न्यूज विराट
लायन्सद्धारा २ हजार ६ सय भिटिएम हस्तान्तरण

विराटनगर, ३१ असार–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवस्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पुर्व गर्भनरहरु भीम घिमिरे, लीला ढुंगेल, लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका फस्ट भाईस डिष्ट्रिक गभर्नर रेवत कार्की लगायतले भिटिएम किट हस्तान्तरण गरे ।

लायन्स क्लवले कोशी अस्पताल विराटनगरलाई १ हजार ४ सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भिटिएम किट हस्तान्तर गर्ने जनाएको छ । प्रदेश १ मा १० हजार डलर बरावरको किट हस्तान्तरण हुने लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्रीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति लिएर लायन्सले भिटिएम वितरण गरिरहेको उनले बताए । किट ग्रहण गर्दै मन्त्री घिमिरेले मानवजाति कोरोनाको प्रकोपबाट प्रताडित भएको बताए । कोरोनालाई मानवजातिले पराजित गर्ने निश्चित भएपनि केही समय लाग्ने उनले बताए । भिटिएम किट उपलब्ध गराएकोमा लायन्स क्लवलाई उनले धन्यबाद दिए ।

सम्बन्धित समाचार

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

काठमाडौंबाट मजदुर लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...

संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।...

लियो क्लबद्वारा स्वीटर वितरण

  बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री...

कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्