कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

 न्यूज विराट
कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् । 

दुवै एयरलाइन्सका आगामी १७, १८ र २० जुलाई २०२० का लागि उडान तय भएको भन्दै कतारस्थित नेपाली दूतावासले प्राथमिकता सूचीमा रहेकालाई सम्बन्धित एयरलाइन्समा सम्पर्क गरेर टिकट काट्न अनुरोध गरेको छ ।

दूतावासद्वारा जारी सूचनाअनुसार दूतावासको वेबसाइटमा नेपाल फर्कने फारम भरेरकाहरूलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुरूप सूची बनाइएको भन्दै सो सूचीमा परेकाहरूलाई फर्किने टिकट काट्न सूचीत गरेको हो ।

नेपाल फर्किन चाहनेहरूको नामावली स्वीकृतिका लागि कतारको गृह मन्त्रालयमा पठाइएको र स्वीकृति प्राप्त नभएका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी नेपाल एयरलाइन्सको यसअघिका उडानका लागि प्रकाशित सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्ति आगामी उडानका लागि टिकट काट्न सक्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेहरूले कतारले सञ्चालन गरेको Ehteraz App प्रयोग नल्याएमा उडान गर्न नसक्ने भएका कारण सो एप आफ्नो मोबाइलमा डाउनलोड गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

यसैगरी रोजगारदाताले भागेको भनेर रिपोर्ट गरेका व्यक्तिले एयरलाइन्सबाट आइटीनरीसहितको हवाई टिकट लिएर सर्च एण्ड फलो अप डिपार्टमेण्टमा आफैँ गएर सो हवाई टिकटमा सो डिपार्टमेण्टको छाप लगाई अनिवार्य रूपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने पनि दूतावासले स्पष्ट पारेको छ । कतारबाट नेपाल फर्किन ३ सय ९२ अमेरिकी डलर (कतारी रियाल १ हजार ४ सय ३०) तोकिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले...

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

काठमाडौं,  ३ भदौ-निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको छ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेका...

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

मिल्स क्रिकेट प्रतियोगिता : दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक ‘ पप्पु नायक’ पुरस्कृत

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल कहलिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पप्पु नायक पुरस्कृत भएका छन् ।६७ औँ प्रहरी दिवसको अवसर पारेर नायकलाई सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

आज ७२३२ को पीसीआर गर्दा १२१७ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार २ सय १७ कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्