सूर्य थापा भन्छन्, ‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन’

 न्यूज विराट
सूर्य थापा भन्छन्, ‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन’

काठमाडौं, ३१ असार-प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएकाे हल्ला भनेका छन् ।

‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु ।’

उनले सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहे संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको समेत उल्लेख गरेका छन् । साथै, उनले यस्ता दुष्प्रचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २२ साउन-चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  नेपाल सरकारले जारी राखेको...

आज प्रदेश १ मा अहिलेसम्मकै धेरै ५ सय ५२ संक्रमित थपिए

विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ:ओली

काठमाडौं, १८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी...

असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी...

भारतका केन्द्रीय रेल राज्य मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११...

विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो । आज दिउसो साढे ११ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्