ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

 न्यूज विराट
ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

काठमाडौं, ३० असार-सत्तारुढ नेपाल कम्य’निस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार छलफल भएको थियो ।

यसअघि पार्टी कामको सिलसिलामा अध्यक्ष पुष्पकमल दाहाल राजधानीबाहिर भएका कारण ५ दिनपछि दुई अध्यक्षको वार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घन्टा भएको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ । नेकपाको आन्तरिक विवाद चर्किएपछि स्थायी कमिटी बैठक २ साउनसम्मका लागि स्थगित भएको छ ।

बैठक रोकेर पार्टीभित्र सहमति जुटाउने प्रयास गरिए पनि नेताहरूबीच अझै सहमति जुट्न नसकेको हो । स्थायी समिति बैठकमा नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि विवाद चर्किएको हो । ओली भने राजीनामा नदिने पक्षमा छन् ।

सम्बन्धित समाचार

सीमा नाका जोगवनी नजिक मृत भेटिए एक पुरुष, पहिचान खुल्न बाँकी

विराटनगर । नेपाल –भारत सीमा नाका दशगजा विराटनगर १७ मा एक जना पुरुष मृत फेला परेका छन् ।अन्दाजी २७ वर्षीय एक जना पुरुष आज दिउँसो मृत भेटिएका हुन् । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने...

विराटनगरमा टेबलटेनिस प्रतियोगिता, तीन स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ ।विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्