जोगबनी नाकाबाट ८ हजार भित्रिए

 न्यूज विराट
जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ ।

सो सिमानाका हुँदै हालसम्म ३ हजार ६५ जना नेपाली स्वदेश फर्किएका छन भने ५ हजार ३८ जना भारतीय आईसिपी क्याम्प हुँदै भारततर्फ गएका छन ।

कोरोना संक्रमणको महामारी फैलिएपछि सिमानाका बन्द गरिएपछि दुवैदेशका नागरिकहरु अलपत्र परेका थिए । दुई देशबीच इच्छुक नागरिकहरुलाई प्रकृया पु¥याएर आवागमन गर्न दिने सहमति भएपछि जेठ १३ यता दुई देशकै नागरिकहरुको आवागमन शुरु भएको हो ।

हालसम्म स्वदेश फर्किएका नेपालीहरुमा २ हजार ४ सय २९ पुरुष र ६ सय ३६ जना महिला रहेका छन । यसैगरि भारत जानेमा ३ हजार ८ सय १२ पुरुष र १ हजार २ सय २६ महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठकलगत्तै ओली शीतलनिवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...

चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिले गरे पदस्थापन

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् । विराटनगरमा एक कार्यक्रम आयोजना गरी नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन् । नेपाल...

१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी...

विराट क्षितिजमा नयाँ व्यवस्थापक, दक्ष शिक्षकबाट बीएसी सिएसआइटी र बीसिए कार्यक्रम

विराटनगर । विराटनगर – २ मा रहेको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकिय टिम आएको छ । नयाँ आएको व्यवस्थापकिय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक शत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने...

प्रदेश २ मा ३ सय ६३ नमुना संकलन, १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ

जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : गिरी

काठमाडौं, १७ वैशाख-सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै...

एम्स कलेजकी ममता राई भइन् नेपाल तेस्रो र प्रदेश प्रथम, कलेजले गर्यो सम्मान

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा अध्ययरत ममता राई नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी छिन् ।राईले विएचएम चौथो समेष्टरको परीक्षामा ३. ९८ जिपिए ल्याइ नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्