२४ घण्टामा कोरोना संक्रमण देखिनेभन्दा डिस्चार्ज हुने बढी

 न्यूज विराट
२४ घण्टामा कोरोना संक्रमण देखिनेभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २२ असार-पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितभन्दा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढी छ । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ  भने  सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै सोमबार ५४ जना संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ । उनले सोमबार २ सय ६४ जना संक्रमित निको भएसँगै देशभरबाट अहिलेसम्म ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको बताए ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

नेपाल नर्सिङ्ग संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

विराटनगर । नेपाल नर्सिङ्ग संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडी आफ्नै नवनिर्मत भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो । संघको भवनमा निर्माणमा...

ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...

सुरु भयो बुन्डेस लिगा, डर्टमुन्डको प्रभावशाली जीत

एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् । कोरोना...

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...

काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, ७ असार-कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरू २ सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्