विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

 न्यूज विराट
विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे ।

आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो ।

कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ । नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगन भएको जानकारी दिए ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको ५ बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

नेकपामा विवाद बढेपछि १८ असारमा पार्टीको स्थायी कमिटी बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगित गरी आजका लागि तोकिएको थियो । अध्यक्षद्वयबीच १९ असारमा पनि छलफल भएको थियो । १० असार सुरू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामकै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद बढेकाे हाे ।

यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही १८ असारमा सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषयमा पनि नेताहरूबीच फरक-फरक मत छ । संसद् नभएका स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन् । यही १४ असारमा मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्सा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए ।

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसी कम्प्याक्ट (सम्झौता) लगायत कार्यसूची छन् । दोस्रो तहका नेताहरुले जनादेशानुसार अस्थिरता ल्याउने र कम्युनिस्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दबाब दिँदै आएका छन् । कतिपय प्रदेश र जिल्ला तहबाट पार्टी नेतृत्वलाई पार्टी एकताका लागि लिखित सुझाव पठाइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो । (रासस)

सम्बन्धित समाचार

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

९ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

संखुवासभा १९ वैशाख-प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसविरुद्ध लड्न जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय ५ लाखभन्दा बढीको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको सामाजिक विकास...

पार्टी फुटाउनेहरूसँग चुनावी तालमेल र एकता हुँदैन:ओली

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेहरूसँग चुनावी तालमेल नहुने बताएका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन, राष्ट्रियसभामा भुसाल

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । नेपाल एकीकृत समाजवादीका अध्यक्ष पनि हुन्...

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्