उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम

 न्यूज विराट
उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम

एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको बताएका हुन् ।

कोरोना भाइरस संक्रमण सुरु हुँदा ६ महिनाअघि नै उत्तर कोरियाले आफ्नो सीमा सिल गरेर हजारौँ मानिसलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियामा एक जना पनि कोरोना संक्रमित नरहेको बताइएको छ । यद्यपि विश्लेषकहरूले यो दाबी गलत भएको बताउँदै आएका छन्।

पोलिटब्यूरोको बैठकमा उनले महामारीविरुद्धको कार्ययोजनाबारे लामो व्याख्या गर्दै अझै पनि छिमेकी देशहरूमा कोरोना संक्रमणको महामारी रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जनवरीको अन्त्यदेखि नै उत्तर कोरियाले कोरोना भाइरसको महामारी रोक्नका लागि तत्कालै कदम चालेको थियो । देशको सीमा सिल गरेर प्योङयाङमा रहेका विदेशी नागरिकलाई क्वारेन्टाइनमा पठाएको थियो ।

यस्तै, उसले सयौँ मानिसलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियामा स्कुलसमेत बन्द गरिएका थिए ।उत्तर कोरियामा हालै विद्यालयहरू खोलिए पनि मानिसहरूलाई सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध कायमै छ । उत्तर कोरियामा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले उत्तर कोरियामा हालसम्म शंकास्पद ९२२ जनाको परीक्षण गरिएको र सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । उत्तर कोरियाको लामो सीमा चीन र दक्षिण कोरियासँग जोडिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय समिति बैठक २४ कात्तिकमा

काठमाडौं, २० कात्तिक-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही २४ कात्तिकमा दिउँसो १ बजे बस्ने भएको छ । यसअघि २१ कात्तिकका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छःमन्त्री मगर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड...

आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्