प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

 न्यूज विराट
प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् ।

मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनीहरूका नजिकका स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले बैठकमा जानुअघि आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन् ।

आफूमाथि हुन सक्ने सम्भावित खतराको आकलन गर्दै मंगलबार बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्रीले बैठक पछि पनि पुनः भेट गरेका थिए ।

उक्त भेटघाट सकेपछि साँझ आफूनिकट नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीपरिषद्का सदस्य तथा स्थायी कमिटी सदस्यहरूसँग पनि परामर्श गरेका हुन् ।

संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलदेखि मन्त्रीपरिषद्का सदस्यहरू बैठकमा उपस्थित छन् ।

गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टसहित बहुमत सदस्यलाई बोलाएर वालुवाटारमा प्रधानमन्त्रीले परामर्श गरिरहेको वालुवाटार स्रोतले बताएकाे छ ।

‘प्रधानमन्त्रीलाई आफ्नो अडानबाट पछि नहट्नका लागि नेताहरूले सुझाव दिनुभएको छ’, अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग्नुकाे औचित्य छैन भन्ने मत सबैकाे छ’, बैठकमा सहभागी एक नेताले भने, ‘छलफल चल्दैछ ।’ उनका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले हिजो उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

प्रदेश १ मा १८ संक्रमितथपिए, ४२ जना डिस्चार्ज

विराटनगर, साउन १५–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २÷२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष...

नेकपा सचिवालयको बैठक सोमबार बस्दै

काठमाडौं,  ३२ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

आगलागीबाट १५ लाखको क्षति

विराटनगर, चैत ११–उदयपुरको त्रियुगा नगरपालिका–२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २...

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति कर्मचारी संगठनको विरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केही दिन अगाडि दिएको अभिव्यक्तिप्रति नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले विरोध गरेको छ । मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैंचामा रहेको एक विद्यालयमा आयोजित कार्यक्रममा फष्ट बेञ्चरहरु खरदार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्