प्रदेश १ मा १२ संक्रमित थपिए
विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...
काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् ।
नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको नभई आफूले नै हटाउन खोजेको जवाफ दिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।
‘१७ वैशाखमै मैले तपाईंको राजीनामा मागेको हो, अहिले पनि मागेँ, पहिला पनि तपाईंलाई दिल्लीले होइन, मैले हटाएको हो, अब पनि मैले नै हटाउँछु,’ प्रचण्डले बैठकमा राखेको राधणा उद्धृत गर्दै ती नेताले भने ।
नेताहरूले प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै दिएको अभिव्यक्ति पुष्टि गर्न अध्यक्ष ओलीलाई चेतावनी दिएपछि ओलीले पार्टी बैठकका कुराहरू कसले भारतीय मिडियासम्म पुर्याउँछ भन्दै प्रश्न गरेपछि प्रचण्ड आक्रोशित बनेको ती नेताको भनाइ छ ।
तपाईंलाई प्रधानमन्त्रीबाट भारत या अरु कसैले हटाउन खोजेको होइन, मैले हटाउन खोजेको हो, हटाउने नै हो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती सदस्यले भने ।
‘स्थायी कमिटीमा मविरुद्ध बोलिएका विषय कसरी भारत पुग्यो ? किन हाम्रा हुबहु कुरा बाहिर लगिन्छ ? यो षड्यन्त्र नभए के ? भन्दै ओली आक्रोशित बनेपछि प्रचण्डले मैले हो हटाउन खोजेको भन्नुभयो,’ ती नेताले भने ।
प्रचण्डले १४ असारमा भएको एउटा सार्वजनिक कार्यक्रममा भारतविरुद्ध बोलेर राम्रोे काम नगरेको भन्दै हल्का ढंगले प्रस्तुत नहुन पनि ओलीलाई सुझाएको ती नेताले बताए ।
बैठकमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायत नेताले कुर्सीमा विभेद भएको भन्दै आक्रोश व्यक्त गरेपछि शान्त ढंगले सुरु भएको बैठकमा नेताहरूबीच भनाभन सुरु भएको ती नेताको दाबी छ ।
विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...
भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...
विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...
काठमाडौं, २२ साउन-संक्रमणको जोखिम बढेको ठाउँमा मात्रै लकडाउन गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब देशव्यापी लकडाउन नलगाइ जोखिम बढी भएको ठाउँमा स्थानीय तह र स्थानीय...
विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए । आइतबार...
सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...
एजेन्सी, ३० भदौ-अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् । उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.