कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, २४ घण्टामा थपिए ५५४ जना

 न्यूज विराट
कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, २४ घण्टामा थपिए ५५४ जना

काठमाडौं, १३ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२० जना महिला र ४३४ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । पछिल्ला २४ घण्टामा थपिएका ५५४ जना कोरोना संक्रमितसहित नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितमध्ये महिला भन्दा पुरुष बढी रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ हजार ३६९ जना महिला र १० हजार ३६९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १८ महिलासहित १३६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । जसमा ११८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ८३४ पुगेको छ । जसमा २४२ जना महिला रहेका छन् भने २ हजार ५९२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ४ हजार ६०६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ३ हजार ६८५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, ६५ हजार ७१२ जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहेका छन् । ९ हजार ४४७ जना आइसोलेसनमा उपचार गरिरहेका छन् ।

सम्बन्धित समाचार

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

विराटनगरको किड्स भिलेजले मनायो वार्षिक उत्सव

विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल...

विराट एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

झापामा कपडा व्यापारीको हत्या

विराटनगर, ९  साउन-झापाको मेचीनगर नगरपालिकाका १ व्यापारीको हत्या भएको छ । वडा-२ भृकुटीचोकका ५० वर्षीय व्यापारी नारायण आचार्यको हत्या भएको हो । आफ्नै कपडा पसलमा सामान बेच्दै गरेको उनीमाथि ग्राहक बनेर आएका व्यक्तिले धारिलो हतियार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्