काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् ।
हालै केही सञ्चारमाध्यममा चीनले विभिन्न १० स्थानमा नेपाली भूमि मिचेको समाचार बाहिर आएपछि मन्त्री ज्ञवालीले चीनसँग सीमा समस्या नरहेको बताएका हुन् ।
भारतका कतिपय सञ्चारमाध्यमले नेपाली भूमि मिचेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गर्दै नेपालले चीनसँग नजिक भएर गल्ती गरेको टिप्पणी गरेका थिए ।
स्थायी समिति बैठकमा ज्ञवालीले चीनसँग सीमा समस्या रहेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेको बताएको स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।