रुसी राष्ट्रपति पुटिन २०३६ सम्म शक्तिमा रहने

 न्यूज विराट
रुसी राष्ट्रपति पुटिन २०३६ सम्म शक्तिमा रहने

एजेन्सी, असार १२-रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्बिनेगरी जनमत आएको छ । एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् ।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।

संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन् । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो । सुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको संक्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको छ ।

मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो । मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ वर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर, संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो ।

अहिले ६७ वर्ष भएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आएका छन् । उनी रुसी जनताका बीचमा अति लोकप्रिय नेता हुन् । उनलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ ।

सम्बन्धित समाचार

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको...

कोशी अस्पतालको स्त्री विभागमा ल्याब्रोसकोपी सर्जरी सुरू

विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...

अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

धनगढी,१३ वैशाख-सुदूरपश्चिम प्रदेशका ९ जनार्को र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १...

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

शनिबारसम्म अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २ असोज-मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश-१, २, ५, वाग्मती,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्