आज १४ अन्तर्राष्ट्रिय उडान, १२ सय नेपाली स्वदेश फिर्ता

 न्यूज विराट
आज १४ अन्तर्राष्ट्रिय उडान, १२ सय नेपाली स्वदेश फिर्ता

काठमाडौं, १० असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् ।

मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत् आज १ हजार २ सय भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौं ल्याइरहेका हुन् ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २ सय २५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै, हिमालय एयरलाइन्सले कुवेतबाट १ सय ५५, अबुधाबीबाट २ उडान गरी क्रमशः १ सय ४९ यात्रु, ३ बच्चा र २ यात्रु, दमामबाट १ सय ५४ र दोहाबाट २ सय ८२ यात्रु काठमाडौं ल्याएको छ ।

श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ ।

टर्किस एयरलाइन्सले स्तान्बुलबाट २ चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौं ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट २ उडानमा क्रमशः ७ र ४ नेपालीको उद्धार गरी काठमाडौं ल्याएको छ । बिहीबार पनि अन्तर्राष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकोप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा २ उडान गरेको छ । रासस 

सम्बन्धित समाचार

कोरोना भाईरसको संक्रमणबाट थप एक जनाका मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...

सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ । कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको...

लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग

विराटनगर, फागुन १६–मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदहरूले माग गरेका छन् । आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्र खोलाको विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्