रुकुम हत्याकाण्डको प्रमाण नष्ट गर्न खोजिएको भन्दै दलित मुक्ति संगठनद्धारा प्रदर्शन

 न्यूज विराट
रुकुम हत्याकाण्डको प्रमाण नष्ट गर्न खोजिएको भन्दै दलित मुक्ति संगठनद्धारा प्रदर्शन

विराटनगर, असार १०–रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरि अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्या काण्डका दोषिलाई उम्काउन खोजिएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

संगठनले केन्द्रीय सर्कुलर बमोजिम मोरङसहित देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको हो । रुकुम पश्चिम चौरजहारीमा प्रेम सम्बन्धको विषयलाई लिएर अमानविय तथा क्रुर ढंगले नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

सो हत्याकाण्डको मौजुदा प्रमाण नष्ट गर्ने प्रयास गरिएको, मृतक युवाहरुको पोष्ट मार्टम रिपोर्ट चिकित्सकले गलत बनाएको, धनुषामा शम्भु सदा झुण्डिएको अवस्थामा फेला परेको घटनाको छानविन गर्नुपर्ने भन्दै दलित मुक्ति संगठन मोरङको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो।

चौरजहारी घटनाका दोषिलाई हदै सम्मको कारवाही गर, दलित माथि हुने सवै किसिमका अन्याय, अत्याचार र विभेदको अन्त्य गर, कि त दलितलाई प्रेम गर्ने अधिकार नै छैन भन्ने हिम्मत गर, कित दलितले गरेको प्रेमलाई स्वीकार गर्ने आँट गर, रुकुम हत्याकाण्डका पीडितलाई न्याय दे लगायतका नारा लेखिएको प्ले कार्ड सहित विरोध प्रदर्शन गरिएको हो ।

विरोधसभामा राष्ट्रिय सभाका निवर्तमान सांसद खेम नेपालीले प्राप्त प्रमाण नष्ट गरि रुकुम पश्चिम चौरजहारी हत्या काण्डका दोपिलाई उम्काउने प्रयास गरिएको बताए । उनले चिकित्सकले मृतकको पोष्ट मार्टमको रिपोर्ट समेत गलत बनाएर दोषिहरुलाई बचाउन खोजिएको बताए ।

नेकपाका नेता समेतरहेका नेपालीले हत्याकाण्डका दोषिमाथि हदै सम्मको सजाय नभएसम्म सिंगो दलित समुदायले न्याय नपाउने बताए । उनले चौरजहारी हत्याकाण्ड मात्र नभई देशभर दलित समुदाय माथि हुनृे जातीय विभेदका घटना र अपराध बढेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरे ।

प्रदर्शनमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललेसमेत ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनमा नेकपा विराटनगर महानगर कमिटी सचिव हेम कार्की, कटहरी गाउँपालिका अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, दलित मुक्ति संगठन मोरङका फ्राक्सन इन्चार्ज कपिल सुनार, राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायत जिल्लाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्