कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

 न्यूज विराट
कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

असार ३ गते सामान्य उपचारका लागि आएका ती पुरुष क्षयरोगका बिरामी रहेको र अस्पतालमा चेकजाँच गर्दा कोरोना पुष्टी भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले बताए ।

‘उहाँ सामान्य बिरामी जस्तै उपचारका लागि दैलेखबाट आउनु भएको थियो,’ उनले भने, ‘आइसीयुमा उपचार भइरहेकोमा सोमबार राति मृत्यु भएको हो ।’

मृतकले दुई महिनादेखि क्षयरोग औषधी सेवन गर्ने गरेको र बिरामी भएपछि उपचारका लागि प्रदेश अस्पतालमा आएको डा. पौडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित समाचार

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...

व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

एजेन्सी, बैशाख ३०-अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन् । यसलाई व्हाइट हाउसका कर्मचारीले मास्कको प्रयोगबारे सन्देश दिएको रुपमा हेरिएको...

आफूमाथिको आरोप प्रमाणित गर्न सांसदलाई मन्त्री सुनारको चुनौती

काठमाडौं, २६ जेठ-युवा तथा खेलकूदमन्त्री जगत बहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदले राखेको...

मन्त्री छनोटप्रति माओवादीमा विवाद, बुर्जामगरले राजिनामा दिने चेतवनी

विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्