नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

 न्यूज विराट
नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको सक्रियतामा सडकमा बसेर सडकअवरुद्व गर्दै उनीहरूले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

जसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले सरकार नसच्चिए आन्दोलन थप सशक्त बनाउने बताए । अर्का नेता रामजी रायले प्रधानमन्त्री ओली देशमा सम्प्रदायिक दंगा फैलाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता झा, नेतृ विभा ठाकुर, पुनम मैथिलसहितको अगुवाईमा महिला नेतृले सडक जाम गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक संसदीय समितिबाट पास भइसकेको छ ।

राज्य व्यवस्था समितिको बैठकले निकै लामो समयदेखि रोकिएर रहेको उक्त विधेयक प्रमुख प्रतिपक्षसहित केही दलको फरक मतको बाबजुद बहुमतका आधारमा आइतबार पारित गरेको थियो । विधेयक पारितसँगै केही दलले समर्थन गरे पनि केहीले भने चर्को विरोध गरिरहेका छन् ।

सम्बन्धित समाचार

विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले मात्र...

विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

सकियो अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी, कुन विद्यालयले के पाए पुरस्कार ?

विराटनगर । अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको प्रथम विराटनगर २ मा रहेको सेन्ट म्यारिज स्कुल भएको छ । विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको उक्त प्रर्दशनीमा विराटनगरका ३४ विद्यालयहरुलाई पछि पार्दै सेन्ट म्यारिज स्कुल प्रथम भएको...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्