दार्चुलाको त्रिदेशीय सीमामा ७ महिनापछि अवरुद्ध फोन सेवा सुचारु

 न्यूज विराट
दार्चुलाको त्रिदेशीय सीमामा ७ महिनापछि अवरुद्ध फोन सेवा सुचारु

डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो ।

हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। ‘हिमपातका कारण टेलिफोन टावरको एलएम जी, एन्टिना लगायतमा क्षति पुगेको रहेछ ।  टेलिफोन नहुँदा स्थानीय सञ्चार सम्पर्कविहीन भएका थिए’ उनले भने, ‘टेलिफोन टावर बनाउन जान नेपालतिर बाटो थिएन । त्यही भएर समस्या भएको थियो । अब सुचारु भयो ।’

गत ३ असारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदी व्यास क्षेत्रको निरीक्षण भ्रमणमा जाने बेला टेलिकम प्रमुख गुरुङ सोही हेलिकोप्टरमार्फत् व्यास पुगेका थिए ।

व्यास पुगेको १ सातापछि टेलिफोन सेवा सुचारु भएको हो । व्यासमा भाइनेटले इन्टरनेट सुचारु गरे पनि फोन सम्पर्क भने हुन सकेको थिएन । अब भने व्यासका स्थानीय इन्टरनेट र फोन सेवाको पहुँचमा पुगेका छन् ।

व्यासमा नमस्तेको टावर सञ्चालनको लागिसमेत काम भइरहेको व्यासका स्थानीय योगेश बोहराले बताए । भारतले सीमावर्ती क्षेत्रमा सञ्चार विस्तारमा ध्यान नदिए पनि नेपालले   भने भारत-चीनसँग सीमा जोडिने व्याससम्मै सञ्चारको पहुँच पुर्‍याएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु हुने ५३ हजार

विश्‍व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्‍वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।...

सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ । बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको...

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना

धनगढी, ७ असार-सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

विराटनगरबाट भन्सार छली गरेको आशङ्कामा २१ लाखको सामान बोकेको ट्याक्टर नियन्त्रणमा

विराटनगर ।  विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको करिब २१ लाखको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले मङ्गलवार दिउँसो विराटनगरको रोड शेष चौकबाट गिजर र खाद्य पूरक सामाग्री बोकेको...

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो । काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

ट्रम्पसँगै चर्चमा फोटो खिचाएका सैनिक अधिकारीले मागे माफी

एजेन्सी, जेठ ३०-अमेरिकाका एक उच्च सैनिक अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आफू पनि ह्वाइट हाउस नजिकैको एउटा चर्चमा गएर फोटो खिचाएको घटनाप्रति माफी मागेका छन् । १ जुनमा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस नजिकै रहेको एउटा चर्चमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्