प्रदेश १ बाट २३ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर ८ असार–प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

आज सम्म २ सय ५८ जना डिस्चार्ज भएका छन् ।१ सय ९० जना उपचाररत रहेका छन् । कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । आज संक्रमण देखिएकाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

तेस्रो संक्रमित कतारबाट आएर होटलमा बसेका थिए : मन्त्री ढकाल

आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

प्रदेश २ मा थप ८८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु 

जनकपुरधाम,  १६ भदौ-प्रदेश २ मा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जनामा...

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

भरतपुरमा कुनै तर्कमा होइन, साथीहरू उत्तेजनामा बागी उठ्नुभयो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेल कुनै तर्कमा आधारित नभएर उत्तेजनामा बागी उठेको बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘मैले जगन्नाथजीसँग कुरा...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्