चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

 न्यूज विराट
चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहेँला कणहरू देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहेँला कणहरू देखिएका हुन् ।

उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिए । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहेँला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताए ।

आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिए । कालिका नगरपालिका-१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो । रासस 

सम्बन्धित समाचार

धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...

सामाजिक काममा सक्रिय पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्ड

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् ।  लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...

बीपी प्रतिष्ठानमा खोप लगाएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...

कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन : देउवा

काठमाडौं, २९ मंसिर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्