चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिक रिहा

 न्यूज विराट
चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिक रिहा

एजेन्सी, असार ५-गत सोमबारराति गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिएको छ ।सो हिंसात्मक झडपपछि चीनले नियन्त्रणमा लिएका सेनालाई रिहा गरिदिएको हो । भारतको पत्रिका द हिन्दूले सैनिक स्रोतलाई उदृत गर्दै मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिक रिहा गरेको उल्लेख गरेको छ ।

रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्णेल र तीन जना मेजर समेत थिए । भारतले बिहीबार जारी गरेको वक्तव्यमा भारतका कुनै सैनिक वेपत्ता नरहेको जनाएको थियो ।

द हिन्दूका अनुसार चीनले भारतीय सैनिकलाई बिहीबार साँझ पाँच बजे रिहा गरेको हो । १५–१६ जुनको राति भारत र चीनका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने ७८ जना सैनिक घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

ग्रेडेड स्कुलको भव्य भयो २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको...

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

पूर्वमन्त्री पण्डितको निर्वाचन क्षेत्रमा करोडौंको लगानीमा खानेपानी आयोजना बन्दै

विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

इजरायलमा राजेशको शव, शोकमा सुनसरीको मधुवन

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना...

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्