बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो

 न्यूज विराट
बुधबार एकै दिन ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं, ३ असार-बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ४० जना महिला र ५४६ जना पुरुष गरि ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमध्ये ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या १ हजार १६७ पुगेको छ । जसमध्ये ११२ जना महिला रहेका छन् र १०५५ पुरुष रहेका छन्

सम्बन्धित समाचार

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...

न्यूरोको ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सुरू, घरमै बसेर अनलाइनबाट टिकट काटन सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ ।स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस...

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय...

मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे भएन छलफल

मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने प्रस्तावमा छलफल नै नभई बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे प्रस्ताव नआएको एक मन्त्रीले बताए । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकबाटै...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

विराटनगरमा दुर्घटना, एक जना महिलाको मृत्यु

विराटनगर । विराटनगर–१० सोमबारे चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रानीतर्फ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्