रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

 न्यूज विराट
रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता गरिएकामध्ये २ जना बालबालिका छन् भने १ जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहरा बताए ।

‘आज मुद्दा दर्ता गरिएको र भोलिबाट थुनछेक बहस सुरू गरिने छ’, उनले भने, ‘मुद्दा लागेकामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् ।’

गत १० जेठमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीका स्थानीयको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

घटनामा परी भेरी नगरपालिका-११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका-१ का टीकाराम सुनार, भेरी नगरपालिका-४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो । घटनामा संग्लन रहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर...

पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको...

कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट...

कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं, ३ जेठ-कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्