क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

 न्यूज विराट
क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

विराटनगर, जेठ ३१–प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले कोरोना भाईरसको संक्रमण झन बढ्न सक्ने औंल्याएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गरे । उनले भने,‘प्रदेश सरकारले जति क्वारेन्टाईन निर्माण गरेको छ, सवै व्यवस्थित छन ।’ मन्त्री कार्कीले स्थानीय स्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो आएकाले मापदण्ड विपरितका क्वारेन्टार्ईन बन्द गरिने गरिएको बताए ।

नेकपा मोरंगका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको काम प्रभावकारी भएको बताए । उनले अन्य प्रदेशको तुलनामा १ नं. प्रदेश सरकारले गरेको कार्य प्रभावकारी देखिएको दावी गरे । सरकारको हिसाव किताव खोज्ने यूवाले घरका अभिभावकको पनि हिसाव किताव खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष पोखरेलले बताए । नेपाली काँग्रेस मोरंगका सचिव मोदराज घिमिरेले कतिपय स्थानीय स्तरमा निर्माण गरिएको होल्डिङ एरिया व्यवस्थित नभएको बताए ।

अनुगमनका क्रममा पनि होल्डिङ एरिया व्यवस्थित नभएको पाईएको उनले आरोप लगाए । कोरोनाका नाममा सरकारले भष्ट्राचार गरेको नेता घिमिरेको आरोप छ । जनता समाजबादी पार्टी मोरङका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउनेहरू बढेसँगै बनाईएका होल्डिङ एरिया व्यवस्थित नहुँदा सेन्टरमा राखिएकाहरु भाग्न थालेको बताए ।

नयाँ पुराना संक्रमित एकै ठाउँमा राख्ने गरेका कारण संक्रमण अझै फैलन सक्ने भन्दै उनले होल्डिङ एरिया व्यवस्थित गर्न माग गरे । यूवा अभियानकर्मी दिपेश धिमालले क्वारेन्टाइन व्यवस्थित नभएको बताए । उनले यूवाहरुले सरकारलाई निरन्तर खवरदारी गरिरहने बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्माले प्रदेश १ मा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको काम अहिले सम्म भएका प्रभावकारी भएको बताए ।

सम्बन्धित समाचार

आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।...

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

१० राउण्ड हवाई फायर, ५ राउण्ड गोली, १ को मृत्यु, ३ घाइते

जनकपुरधाम, ३० जेठ-सर्लाहीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट १ जनाको मृत्यु भएको छ भने ३ जना भारतीय नागरिक घाइते भएका छन् । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण...

२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्