सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

 न्यूज विराट
सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष सञ्जु साहमाथि कुटपिट भएको हो ।

कुटपिटबाट घाइते साहको विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । कुटपिटबाट घाइते उनी सामाजिक अभियन्ता र महिला अधिकारकर्मीसमेत हुन् । शाहको दुवै हात, छाती र टाउकोमा चोट लागेको जनाइएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा दिउँसो १ बजे ६ जना पुरुष र १ महिलासहित एउटा निजी गाडीमा आएको हतियारधारी समूहले आफूलाई नियन्त्रणमा लिएर कुटपीट गरेको साहले बताइन् ।

नियन्त्रणमा लिएर आफूलाई खुकुरी प्रहार गर्न खोजिए पनि घरमा भएका नानीहरूले रुन कराउन थालेपछि आक्रमण गर्ने समूह भागेको उनको दाबी छ । सो बिषयमा जानकारी दिँदै विराटनगर–११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले निर्माण गर्न लागिएको बाटोको सिमाना कति फिट राख्ने बिषयमा स्थानीय र उपभोक्ता समितिबीच विवाद भएको बताए ।

विवाद भएपछि आफूसमेत त्यहाँ पुगेको र दुवै पक्षबीच सहजीकरण गरेर गएपछि घटना भएको बताए । उनले स्थानीय र उपभोक्ता समितिबीच सिमानाका विषयमा विवाद भए पनि निर्माणाधिन सडकसँग असम्बन्धित ब्यक्तिसमेत सहभागी भएर कुटपिट भएको बताए ।

उता वडा प्रहरी कार्यालय विराटनगर (क)का डिएसपी बेदप्रसाद गौतमले घटनामा संलग्न भएको आशंकामा १जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए । उनले घटनाका पीडित साहको अवस्था सामान्य रहेको र विवादका विषयमा दुवै पक्षबीच छलफल गराइने बताए । निर्माणाधिन सो सडकका लागि संघीय सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले बजेट विनियोजन गरेका हुन् ।

सम्बन्धित समाचार

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...

नासाका दुई अन्तरिक्ष यात्रीसहित स्पेसएक्स मिसन लञ्च

एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

हरित, सफा तथा सबैका लागी बस्न योग्य विराटनगरका लागी प्रभावकारी उपाय प्रर्दशनी

विराटनगर । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा...

धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर, ३१ जेठ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक...

भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

एजेन्सी, असार २-लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । भारतीय र चिनियाँ सैनिकबीच...

२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् । ३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्