थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

 न्यूज विराट
थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा थप २ सय ३० पुरुष र २० महिला गरी संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । जसमध्ये ४ हजार २ सय ८५ जना पुरुष छन् भने ३ सय २९ जना महिला रहेका छन् । नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नेपालमा गत २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार १ लाख १५ हजार ९ सय ३० नमुनाको पीसीआर परीक्षण गरिएको छ । १ लाख ७८ हजार १ सय ४३ जनाको आरडीटी परीक्षण भएको छ । गत २४ घण्टामा ५ हजार १ सय ९४ नमुनाको पीसीआर विधिबाट र ५ हजार २ सय ६३ आरडीटी परीक्षण गरिएको छ ।

१ लाख ६२ हजार १३ जना देशभरका विभिन्न क्वारेन्टाइनमा र ३ हजार ७ सय ३८ जना उपचार क्रममा आइसोलेसनमा रहेका प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म कोरोना भाइर संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

कञ्चनपुर, १५ वैशाख-अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौंमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा...

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको...

विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्