प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

 न्यूज विराट
प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विनियोजन विधेयक-२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

संवोधन लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा १ असारबाट क्रमशः लकडाउन खुकुलो खोल्ने विषयमा निर्णय हुन सक्ने बुझिएको छ  ।

सम्बन्धित समाचार

उद्योगीक प्रायोजनका लागि प्लास्टिक आयात खुला

काठमाडौँ, २५ असोज । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको...

फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले दिए मन्त्री पद ‘उपहार’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन्...

न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

विराटनगर, साउन १७–विराटनगरस्थित न्यूरो अस्पतालका एक चिकित्यकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि विराटन नर्सिङ होम, म्याक्स र कोशी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण देखिएकोमा न्युरो अस्पतालका चिकित्सकमा पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्