बेइजिङ र वुहान सहरबीच हवाई सेवा पुनः सुरु

 न्यूज विराट
बेइजिङ र वुहान सहरबीच हवाई सेवा पुनः सुरु

एजेन्सी, जेठ २८-चीनको राजधानी बेइजिङबीच हवाई सेवा पुनः सुचारु भएको छ । वुहान सहरमा नै गत डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । त्यसपछि चीनले दुई सहरबीच हवाई सेवा बन्द गरेको थियो ।

चीनको आधिकारिक समाचारमा बेइजिङ र हुबेई प्रान्तको वुहान सहरबीच वाणिज्यिक उडान सुरु भएको जानकारी दिइएको छ । वुहान यातायात प्राधिकरणका अनुसार चाइना साउदर्न एयरलाइन्स दैनिक राउन्ड ट्रिपका रुपमा उडान भर्नेछ । यो विमान साँझ चार बजे बेइजिङ प्रस्थान गर्नेछ र ६ बजेर ५ मिनेटमा बेइजिङ उत्रिनेछ । करिब एकघन्टापछि सो विमान पुनः फर्किनेछ ।

यसरी यात्रा गर्ने यात्रुले १४ दिन क्वारेन्टाइनमा जानुपर्नेछैन । कोरोना महामारीभन्दा अघि वुहान अन्तर्राष्ट्रिय विमानस्थल सुदूर पूर्व र पश्चिमबाट चिनियाँ उडानलाई जोड्ने प्रमुख केन्द्र थियो ।

तर महामारीका क्रममा वुहानमा ७६ दिनसम्म कडा लकडाउन लागू गरिएको थियो । वुहान भित्र र बाहिर गर्नका लागि आपतकालीन अवस्थामामात्रै उडान गर्न सकिन्थ्यो ।

सम्बन्धित समाचार

कान्तिपुर कलेजमा आइटी एक्स्पो सुरु, पाँच सय बढी विद्यार्थी सहभागि

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले...

डिएभि स्कुलले मनायो २९ औं अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड, चित्रकला,...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्