प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

 न्यूज विराट
प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् ।

सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा प्रधानमन्त्री ओलीले निसाधको स्मरण गरेका छन् ।

उनले यस दुःखद घडीमा दिवङ्गत निसाधप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा निसाध मधेश समता पार्टीका तर्फबाट उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पछिल्लो समय उनले नेतृत्व गरेको पार्टी नेकपामा समाहित भएको थियो । मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनको उपचारकै क्रममा आज वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित समाचार

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि...

पाकिस्तानमा २ युवतीको हत्या

एजेन्सी, जेठ ४-पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियाेका कारण २ युवतीको हत्या भएको छ । उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

आरडीटी पोजेटिभ देखिएकी युवतीका आफन्तको पनि काेराेना परीक्षण

डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो । ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज

काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।  त्यस्तै, आज...

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौं, २४ जेठ-कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्