
गहुँ खरिद प्रक्रिया सुरू
काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...
विराटनगर, जेठ २७–प्रदेश नं. १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ र सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट उदयपुरको भुल्केकी ४५ बर्षीया हुसुना खातुन, सोलुखुम्बुका २८ बर्षीय एकराज मगर, झापाका २९ बर्षीय सुमन मुर्मु, १९ बर्षीय तालिम आलम, १९ बर्षीय कासिप आलम र २५ बर्षीय सहलम आलम डिस्चार्ज भएका हुन् ।
सो उपचार केन्द्रबाट हालसम्म ६३ जना संक्रमित निको भएर घर फर्केका छन् भने अहिले २३ जना उपचाररत रहेको केन्द्रका ईन्चार्ज तथा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पछिल्लो २ पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछी उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
त्यस्तै सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालबाट मंगलबार झापाको कचन कबल गाउँपालिकाका २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् । पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
डा. सापकोटाका अनुसार उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन् । प्रतिष्ठानमा अव ५५ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । बीपीमा पहिलो पटक १८ जना डिस्चार्ज भएका थिए ।
दोस्रो पटक ३ जना र तेस्रो पटक १२ जना डिस्चार्ज भइसकेका छन् । बीपीले ५ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गरेकोमा १४६ जना कोरोना संक्रमित देखिएका छन् । मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या १२४ पुगेको छ ।
प्रदेशमा मंगलबारसम्म १२ हजार ७ सय ७२ जनाको नमुना संकलन तथा परिक्षण गरिएकोमा २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...
विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...
विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्र भलिवल तर्फको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।आइतबार सम्पन्न भएको फाइनल खेलमा उर्लाबारीको पशुपति स्कुललाई २१–२५, २५–२२ र १८–२५ को सोझो सेटले पराजित गर्दै मोर्डन...
विराटनगर । चर्चित गायक दुर्गेश थापा पहिलोपटक विराटनगरमा प्रत्यक्ष साँगीतिक प्रस्तुति दिन तयारीमा छन्। नयाँ वर्ष २०८२ को अवसरमा आगामी वैशाख २६ गते, विराटनगर–८ स्थित हाटखोला मैदानमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ नामक भव्य साँगीतिक...
सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...
विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...
काठमाडौं ३ असोज-पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ७ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...
बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.