नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

 न्यूज विराट
नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेहा हुन् ।

उनका अनुसार नयाँ थपिएका संक्रमितमा २ सय ९२ पुरुष रहेका छन् भने ३१ जना महिला रहेका छन् । जम्मा ४ हजार ८५ रहेकोमा पुरुष ३ हजार ७ सय ९८ रहेको छ भने महिला २ सय ८७ जना रहेका छन् ।

मंगलबारसम्म १ लाख ६ हजार ३१ नमुना पसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै, हालसम्म १ लाख ६६ हजार १ सय ५८ जनाको आरडीटी परीक्षण गरिएको छ ।

२४ घण्टाको अवधिमा ५ हजार ३ सय ५३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ  भने  ९ हजार १ सय ६७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । १ लाख ६५ हजार ७ सय ७५ जना देशभरका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका छन् । ३ हजार ४ सय ८७ जना आइसोलेसनमा रहेका छन् ।

नेपालमा थप ९६ जनाले कोरोना भाइरसलाई जितेका छन् । जसमध्ये ८८ जना पुरुष रहेका छन्  भने ८ जना महिलाका छन् । हालसम्मको कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति...

पहिरोले अरुण नदी थुनियो

विराटनगर, ७ असार-संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सीमानामा आज बिहान करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्