कञ्चनपुरमा कारागारको सुरक्षा जिम्मा सेनालाई

 न्यूज विराट
कञ्चनपुरमा कारागारको सुरक्षा जिम्मा सेनालाई

कञ्चनपुर, २६ जेठ-कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो १ असारदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न सङ्घ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा. अल्का मजगैंयालाई तोकिएको छ ।

यसैगरी जिल्लाका क्वारेन्टिनमा रहेका ७ हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी ८, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी १, पाइल्स रोगी १, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी १ र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २ सय जना रहेका छन् ।

कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरूको तत्काल आरडीटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टाइन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टिनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । आरडीटी पोजिटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि-आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ । रासस 

सम्बन्धित समाचार

ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्तहा सोमबार सम्पन्न भएको हो । ट्राफिक...

काठमाडौं आइपुग्यो जापानले दिएको खोप

जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो । आइतबार थप खोप नेपाल आउने...

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान

विराटनगर । विराटनगर ( मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्