विराटनगर, २५ जेठ-विद्युतमा २५ प्रतिशत महशुल छुट गर्ने, लकडाउन अवधिभर घर धनीले भाडा माग्न नपाउने, एक महिनाको घरभाडा छुट दिनुपर्नेलगायत सरकारले घोषणा गरेका राहतका कार्यक्रम तत्काल कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् ।
आइतबार प्रदेशसभा वैठकको शून्य समयमा सांसद कृष्णकुमारी राईले सरकारले घोषणा गर्ने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिले जनतामा अन्योल मात्रै नभई विवाद र झैझगडा समेत हुने अवस्था आएको बताइन् ।
प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले संघियताको मर्म विपरीत केन्द्र सरकारबाट बजेट आएको बताए । सरकारको रबैयाले जनता भोकै मर्ने शासकहरू मोजमस्ती गर्ने स्थिति उत्पन्न भएको प्रमुख सचेतक कार्कीले टिप्पणी गरे ।