प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए
विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...
काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल दर्ता गर्नलाई भए पनि जनता समाजावादीले नेतृत्व टुंग्याउनुपर्ने बाध्यता छ । अहिले दल दर्ता गर्न जानुभन्दा पहिला २ जना अध्यक्ष केन्द्रीय कमिटीका र १ जना संघीय परिषद्को अध्यक्ष हुने गरी छलफल भइरहेको केन्द्रीय सदस्य गंगा श्रेष्ठले बताए ।
जनता समाजवादी पार्टीको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव तथा संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्राई हुनेगरी छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।
जनता समाजवादीमा ५ जना पदाधिकारी रहनेगरी छलफल भएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘२ समितिका ३ जना अध्यक्ष र अन्य २ जना पदाधिकारी रहनेगरी छलफल भइरहेको छ, जसमा राजेन्द्र महतो र अशोक राईको नाम आएको छ ।’
गत वैशाखमा सत्ता पक्षका सांसदले समाजवादीका सांसद अपहरण गरेको आरोप समाजवादीले लगाउँदै आएको छ । उक्त अपहरण काण्डपछि हतार हतारमा १० वैशाखमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकता भए पनि कति जना अध्यक्ष हुने ? कोको अध्यक्ष हुने ? भन्ने अहिलेसम्म टुंगो लागेको छैन । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ४५ दिनमा दल दर्ता गरी सक्नुपर्ने कानुनी प्रावधान छ । आज निवेदन दिएको ४५ दिन पुग्दै छ ।
विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...
मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...
काठमाडौं, २२ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य...
काठमाडाैं, १६ जेठ-राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार साँझ संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप साे पार्टीका नेताहरू अहिले छलफलमा छन् । राजपाका...
विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...
काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८ नयाँ...
काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.