मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

 न्यूज विराट
मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

धनगढी, जेठ २५-सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै मृत्युपश्चात कोरोना पुष्टि भएकी महिलाको मलामी गएका व्यक्तिहरूलाई प्रहरीले सम्पर्कमा ल्याएको छ । प्रहरीका अनुसार महिलाको टोलसहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई गरी ४९ जना सम्पर्कमा आएका हुन् ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । मलामीसहित उनीहरु सबैको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका- ४ की ५५ वर्षीय महिलाको शुक्रबार दिउँसो डायलासिस वार्डमै मृत्यु भएको थियो । उनको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो । लामोसमयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी डायलासिस गराउन सेती अस्पताल पहिलोपटक पुगेका थिइन् ।

डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि काठमाडौंमा उपचार गराएर फर्किएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत थापाले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयको समन्वयमा शनिबार साँझदेखि मृतक महिलाको टोल सिल गरिएको जानकारी दिए । वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले टोल सिल गर्दै आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको बताए ।

सम्बन्धित समाचार

फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

काठमाडौं, माघ २०–स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य रहेको फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। डिपी खनालको शब्द...

सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

प्रदेश १ मा आइतबार १० जनामा कोरोना पुष्टि, उदयपुरमा फेरी संक्रमण

विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन गर्न नेकपा चितवनको माग

चितवन, ७ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराटनगरमा आज एकैदिन १३५ जनामा कोरोना संक्रमण

विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्