पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

 न्यूज विराट
पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु हुँदा स्थानीय जनप्रतिनिधिले पीडितको बयानसँग राहतलाई बार्गेनिङ गरेको भन्दै आर्थिक संकट र भोकै मर्नुपर्ने स्थितिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराए ।

उनले युरोपका देशका सरकारहरू सबै दललाई समेटर कोरोना भाइरसविरुद्ध लडेको तर नेपाल सरकारले  दम्भ देखाएर सर्वपक्षीय संयन्त्र नबनाई एक्लै हिँडेको टिप्पणी गरे । सरकार र सत्तापक्षले पछिल्लो समय कोरोनाले निम्त्याएको स्वास्थ्य क्षेत्रको महामारीसँगै आर्थिक क्षेत्रमा परेको समस्यालाई आत्मसाथ गरेको देखिए पनि अझै पनि सरकारले त्यस तर्फ प्रभावकारी कदम चाल्न नसकेको बताए ।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरूले नेपालमा अझै पनि कोरोना संक्रमण उच्च विन्दुमा नपुगेको र उच्च विन्दुमा पुगेमा झण्डै २० हजारको हाराहारीमा संक्रमित पुग्ने र झण्डै ५ सय जनाको ज्यान जाने प्रक्षेपण गरिएको सन्र्दभ उल्लेख गर्दै आइसोलेन बेड बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने...

विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश

विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

आज ५७० जनामा कोरोना संक्रमण

काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...

सोमबारदेखि रमपम विराट गोल्डकप, उद्घाटनमा मोरङ र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । रमपम विराट गोल्डकप सोमबारदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने छ ।...

सुनसरीको दुहबीमा निःशुल्क भिआइए जाँच शिविर , ५५ जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको सुनापुरमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर आयोजना गरेको छ । दुहबी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन, नेदरल्याण्ड्सको सहयोगमा सीसीएसपी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुका...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्