जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

 न्यूज विराट
जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले बताए ।

जिल्ला सुरक्षा समिति, जिल्ला समन्वय समिति जनकपुरधाम उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सका पदाधिकारी बजार सहजीकरणका लागि बसेको संयुक्त बैठकबाट औषधि पसलबाहेकका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोल्ने निर्णय गरिएको हो । पसल बन्द गरेर दिनको १ बजेसम्म सम्पूर्ण व्यवसायीलाई आ–आफ्नो गन्तव्यसम्म पुगिहाल्नसमेत आग्रह गरिएको छ ।

प्रत्येक व्यवसायीले आ–आफ्नो प्रतिष्ठानअगाडि अनिवार्य रूपमा सेनिटाइजर, साबुनपानी, मास्क, ग्लोब्स र सोसल डिस्टेन्सको व्यवस्था गर्ने र सतर्कतापूर्वक व्यवसाय सञ्चालन गर्दै सुरक्षा निकायलाई समेत सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अनुरोध गरेका छन्।

सैलून, ब्यूटीपार्लर, सिनेमाहल, होटल र रेस्टुरेन्टहरूको हकमा हाललाई कुनै निर्णय नभएको र यथाशीघ्र यस क्लस्टर तर्फ पनि बिचार गरिने सहमति भएको चेम्बर अफ कमर्स जनकपुरधामका वरिष्ठ उपाध्यक्ष मिश्रले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

जनकपुरमा थप १ कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम, २७ साउन-धनुषाको जनकपुरधाममा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड-१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत १ पुरुषको मृत्यु भएको अस्पतालका डा. जामुन सिंहले जानकारी दिए । उनका अनुसार...

ग्रेडेड स्कुलमा गायन र नृत्य प्रतियोगिता

विराटनगर । ग्रेडेड स्कुलले ग्रेडेड गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा मंगबलार उक्त प्रतियोगिता आयोजना गरेको हो ।दुई समूहमा विभाजन गरेको गायन तथा नृत्य प्रतियोगिता कक्षा १ देखि ४ र ५...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

कटहरी गाउँपालिकालाई जसपाले बुझायो ज्ञापनपत्र

विराटनगर, ६ असार । नीति तथा कार्यक्रममा विभिन्न जनसरोकारका विषय समेट्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले कटहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जसपा कहटरीले सोमबार आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न २१ बुँदे...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ पुर्पक्षको लागि थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो...

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्