सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

 न्यूज विराट
सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिका– ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै, डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिमका ७८ जना संक्रमितमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने १ जना बझाङ र १ जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । १ जना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन् ।

सबैभन्दा बढी कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका ७, बाजुराका ३, डडेल्धुरा, बझाङ र दार्चुलाका १/१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

पाँच प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...

विश्व प्रेस स्वतन्त्रता दिवसमा दुई पत्रकार पुरस्कृत, एक पत्रकार सम्मानित

विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र...

१ करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका उपप्रबन्धक पक्राउ

काठमाडौं, २४ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ ।...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...

उद्यमीहरुले निर्यात वढाउन ध्यान केन्द्रीत गर्नुपर्छ– मन्त्री वडू

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद वडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीहरुले आद्योगिक उत्पादनको निर्यात वढाउन लाग्नु पर्ने बताउनु भएको छ। मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उहाँले बर्तमान सरकार आयात प्रतिस्थापना...

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्