काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् ।
कांग्रेस सांसदहरू उमाकान्त चाैधरी, अमरेशकुमार सिंह, प्रदीप गिरी, तेजुलाल चाैधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमीता चाैधरी, पद्मनारायण चाैधरीले उक्त विधेयक संसद सचिवालयमा दर्ता गराएका हुन् ।
संविधानकाे धारा ७, ११, ३८, ८६, २७४, २८२, २८३ र २८७ मा हाल भएकाे व्यस्था परिमार्जन गर्न विधेयकमा प्रस्ताव गरिएकाे छ । नागरिकता, समानुपातिक समावेशी, मातृभाषा, संघीय अायाेग गठनलगायतका व्यवस्थामा थपघट गर्नुपर्ने कांग्रेस सांसदहरूकाे माग छ ।