प्रदेश १ बाट थप १८ जना ‘डिस्चार्ज’

 न्यूज विराट
प्रदेश १ बाट थप १८ जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २०–प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला कोरोनामुक्त भएका हुन् ।

स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए । योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ ।

विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका छन् । सोमबारसम्म प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

कोराना जितेर डिस्चार्ज भएका अयुब मियाँले सरकार र प्रतिष्ठानका चिकित्सक, नर्सका कारण आफूहरु कोराना जित्न सफल भएको भन्दै सरकार र उपचारमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२...

प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै  

बुटवल, २० जेठ-कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ । हालको जनशक्ति कमी हुँदा प्रदेश ५...

उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...

नेकोसभोजपुरको अध्यक्षमा खत्री

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्