आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

 न्यूज विराट
आजै मात्र २ सय ३९ मा संक्रमण पुष्टि

काठमाडाैं, १९ जेठ-३ वर्षीया बालिका र ६ वर्षीय बालकसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दोस्रो पटक थपिएका १३ संक्रमितमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय पुरुष, रुपन्देही गैडहवा गाउँपालिकाकी ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि दिउँसो २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुनः १३ जना थपिँदा आजै मात्र २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यीमध्ये १ सय २१ जना निको भएर घर फर्किइसकेका छन् ।

सम्बन्धित समाचार

मोहना अन्सारीको ट्वीटप्रति मानवअधिकार आयोगका अध्यक्ष शर्माको आपत्ति

काठमाडौं, २५ असार-राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले मंगलबार सदस्य अन्सारीले गरेको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । अन्सारीले...

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको...

मेयर नै आन्दोलनमा

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

तेजस्वी बचत तथा ऋण सहकारीको अध्यक्षमा चुडाल, सचिवमा मिना खनाल

विराटनगर । विराटनगर – ५ त्रिमूर्ती चोकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवी प्रसाद चुडाल चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको चौथो अधिवेशनबाट चुडाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।सहकारीको...

विराटनगरको लर्डबुद्ध र कोशी मोडल स्कुल मर्जर

विराटनगर । विराटनगर स्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार मर्जर भएको हो ।मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध...

पाँच प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्