कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

 न्यूज विराट
कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् ।

२५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए र बाँकी रहेका  १३ जनालाई सुर्खेत अस्पतालमा लैजान नसकेका कारण उनीहरु रातभर खुला चौरमा बास बस्नु परेको हो । ‘रातभर पानी परेका थियो । चिसोले निदाउनै सकिएन,’ उनीहरुमध्ये एक जनाले भने, ‘हामी वनगाड क्याम्पसको चौरमा रातभर बसेका छौं ।’

भारतबाट आएका ३ सय ९३ जनामध्ये ९० जनाको रिपोर्ट आएको  र त्यस मध्य २५ जना संक्रमित भेटिएका थिए । जिल्लामा १७ जेठमा भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि अहिले नगरपालिकाकै एक विद्यालय भवनमा राखिएको  हो ।

चौरजहारी अस्पतालले लिन नमानेपछि सुर्खेत पठाउने तयारी गरिएका बनगाडका १३ जनालाई अहिले ६ नम्बर वडाको बनगाड क्याम्पसमा सुनौलीमा छुट्टै राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए ।

जिल्लामा आवश्यक आइसोलेशनको अभावमा बाँकी संक्रमित १३ जनालाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले सुरुमै ५० लाख बजेट दिएर सल्यान, जाजरकोट र रुकुम पश्चिमका कोरोना संक्रमित राख्नको लागि चौरजहारी कोरोना विषेश अस्पताल बनाएको थियो ।

सम्बन्धित समाचार

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्‍याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको...

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ:ओली

काठमाडौं, १८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी...

कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा...

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं, १ असोज-राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराएका हुन् । गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत...

विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्