कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

 न्यूज विराट
कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि

सुर्खेत, १७ जेठ-कर्णालीमा प्रदेशमान शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परिक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनकाअनुसार कोरोना पुष्टि हुनेमा १७ देखि ५० बर्ष उमेर समूहका व्यक्ति हरेका छन् । उनीहरू सबै दैलेखका हुुुन् । पोजिटिभ देखिएका उनीहरू सबै केही दिनअघि भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजिटिभ देखिएको थियो ।

थप १४ सँगै कर्णालीमा संक्रमितको संख्या ६० पुगेको छ । यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकोे   थियो । नयाँ संक्रमित दैलेख नारायण नगरपालिका २, ३, ४, ६, ८, ९ र १० वडाका स्थानीय रहेका अस्पतालले जनाएको छ ।

दैलेख नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १४ जना थपिएसँगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।

सम्बन्धित समाचार

हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको...

वीरगञ्जको मेयरमा एमालेबाट विजय सराबगी सिफारिस

वीरगञ्ज, ३० चैत । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महानगर कमिटीको बैठकले सरावगीलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरावगी वीरगञ्जका वर्तमान मेयर हुन्...

मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५ सांसद

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६ सांसदले समर्थन जनाए । राप्रपका ५ सांसदले उक्त प्रस्तावको विपक्षमा...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...

लुम्बिनी विकास बैंकद्वारा लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सप्तरी, जेठ ८–लुम्बिनी विकास बैंकले लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा तथा रोकथाममा सकृय स्वास्यकर्मीको उच्च मनोबल बढाउन लुम्बिनी विकासको बैंक लाहान शाखाले नगरपालिकालाई ७२ हजार रुपैयाँ...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौै,  १८ असोज-विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्