अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

 न्यूज विराट
अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।

अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो । अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ ।

त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो ।

अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

यो बेरोजगारहरूको वृद्धिदर सन् १९४८ पछिकै सबैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरूले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै २ करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा ७ लाख १० हजार मानिसले रोजगारी गुमाएका थिए ।

कोरोनाभाइरसको संक्रमण फैलिँदै गएपछि सामाजिक दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोडभन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ ।

यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

काठमाडौं,  ३ भदौ-निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको छ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेका...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ । उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

टायर पड्कीँदा भारतीय नागरिको मृत्यु

विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्