रुकुम हत्याकाण्डको विरोधमा प्रदेश राजधानी विराटनगरमा प्रदर्शन

 न्यूज विराट
रुकुम हत्याकाण्डको विरोधमा प्रदेश राजधानी विराटनगरमा प्रदर्शन

विराटनगर, जेठ १६–रुकुम पश्चित चौरजहारी नगरपालिका— ८ सोतीमा भएको नरसंहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानवीन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै शुक्रबार देशभर एकसाथ प्रदर्शन गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ मोरङक, दलित मुक्ति संगठन, नेपाल दलित संघ मोरङ लगायत दलित अभियानमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संयुक्तरुपमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा एक घण्टा धर्ना दिनुका साथै घटनाका दोषिलाई कडा कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकार मदन भुजेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ १ नं. प्रदेशका कोषाध्यक्ष पदमकुमार सरदार मोरङका अध्यक्ष किशोर विश्वकर्मा विश्वकर्मा,दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, सुभाष कुमार सरदार, रिडेफ नेपालका सचिव कपिल सुनार, परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष विनोद चहार(परियार) र नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मालगायत विभिन्न संघ संस्थाको अगुवाईमा मोरङका दलित अगुवाहरु धर्नामा बसेका हुन् ।

धर्नापछीको कोणसभामा बोल्दै मानव अधिकार सञ्जाल प्रदेश १ संयोजक डिग घिमिरेले रुकुम पश्चिम चौरजहारीको हत्याकाण्ड क्रुर मानविय अपराध भएकाले घटनाका विषयमा सत्यतथ्य छानविन गरि दाषिलाई हदैसम्मको कारवाहीको माग गरे । उनले जातीय विभेदकै कारण हत्याकाण्ड भएकाले घटनालाई राजनितिकरण हुन नदिई निश्पक्ष छानविन गरि दोषिलाई कडा कारबाहीको माग गरे ।

कोणसभामा सवै संघ संस्थाको प्रतिनिधित्व गर्दै दलित मुक्त संगठन मोरङका नेता जीतनारायण सरदारले हत्याकाण्डको भत्र्सना गर्दै सरकारले यस्ता प्रकारका जघन्य अपराधको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले घटनाका दोषिलाई उन्मुक्ति दिलाउने प्रयास गरिए देशभरका दलितहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

धर्नापछी प्रजिअ भुजेलाई बुझाइएको ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतामा कानुनलेसमेत बन्देज नलगाएको तथा प्रेमकै विषयलाई लिएर हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध भएकाले सत्यतथ्य छानविन गरि कारबाही गर्न माग गरिएको राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले तत्काल सम्बन्धीत निकायमा पठाउने आश्वासन दिए । उनले. रुकुम घटनाप्रती सरकारको ध्यानाकर्षण भएको बताए । शनिवार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य ४ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एकजना बेपत्ता छन् ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

काठमाडौं, २६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हरायाे

आईसीसी महिला टी–ट्वान्टी विश्वकपकाे एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटकाे जित निकालेकाे छ । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍याे । नेपाललाई जिताउन इन्दु बर्माले १३, कप्तान रुविना...

भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाइँदै

सप्तरी, २ जेठ-लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्